यी ऐतिहासिक धरोहरलाई किन ‘जिउँदो शहीद’ बनाइयो ?
गए राति सौराहामा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाचन गर्नुभएको ३ सय १ सदस्यीय केन्द्रीय सदस्यमा पुरानामध्येबाट जानाजान केहीको नाम छुटाइएको गुनासो छ ।
त्यसरी छुटाइएका नामहरुमा टंक कार्की,नरेश खरेल,सुनसरीका धर्म निरौला र कीर्तिपुरका सुरेन्द्र मानन्धर हुनुहुन्छ । पदाधिकारीमा भीम रावल र घनश्याम भुसालको नाम पनि हटाइएको छ ।
हलमा नाम वाचन गर्ने क्रममा सुवास नेम्वाङको नाम पनि छुटाइएको थियो । तर नेम्वाङले वरिष्ठ उपाध्यक्षमा लड्ने निश्चित रहेको बताइन्छ । त्यसैगरी भुसाल पनि उपाध्यक्षमा लड्ने तयारी गर्दै हुनुहुन्छ ।
केन्द्रीय सदस्यबाटै हटाइएका टंक कार्की सचिवमा लड्ने बुझिएको छ । नेम्वाङ,भुसाल र कार्कीले चुनाव लड्नु नाजायज नभएको अधिकांश प्रतिनिधिहरुले बताएका छन् ।
एमालेले भुसालबाहेक अरुलाई पदाधिकारी र सचिव मात्रै होइन केन्द्रीय सदस्यसमेत नबनाएपछि महाधिवशेनको अवस्था थप पेचिलो बन्दै गएको छ ।
यसअघि चीनको लागि नेपाली राजदूत रहिसक्नुभएका कार्की २०३६ सालमा अखिल पाँचौंको नेता हुनुहुन्थ्यो । उहाँ २०५४ सालमा मालेको निर्वाचित केन्द्रीय सदस्य हुनुभयो । त्यतिबेला छैठौं सर्वाधिक मत ल्याउनुभएको थियो ।
तर,कोमल वलीहरुलाई रेड कार्पेट बिच्छ्याउँदा झापा आन्दोलनमा १७ बर्ष जेल बसेका नरेश खरेल,टंक कार्की र सुरेन्द्र मानन्धरहरुलाई लखेटिएको आरोप छ ।
टिप्पणीहरू