एमाले महिलाहरु भेलामा जुटे

एमाले महिलाहरु भेलामा जुटे

नेकपा एमालेनिकट महिलाहरुको भेला शुरु भएको छ । अखिल नेपाल महिला संघको आयोजनामा ललितपुर महानगरपालिका वडा नं ९ च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भेला हुन थालेको हो ।

समावेशिता: एक तिहाइ महिला सहभागिता विषयक कार्यक्रम थममाया थापाको अध्यक्षतामा बसेको हो । कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेको छ भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य , स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको सहभागिता देखिएको छ । त्यस्तै,हिजोबाट नियुक्त पोलिटब्युरो सदस्य निरु पाल, सुजिता शाक्यलगायत आठ दर्जन महिला कार्यक्रममा उपस्थित छन् ।

टिप्पणीहरू