६० प्रतिशतबढी मत खस्यो, आजै गणना हुने
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले जारी निर्वाचनमा अहिलेसम्म तीन हजारबढीले मत खसालेका छन् । बिहान साढे ११ बजे शुरु भएको मतदान साँझ साढे ६ बजेसम्म तीन हजार हाराहारीमा मत खसेको हो ।
मतदानका लागि भृकुटीमण्डपमा दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्र तोकिएका छन् । पदाधिकारीसहित कूल १३४ पदका लागि ४८० जना प्रतिष्पर्धामा छन् । जसका लागि २७ वटा मतपत्र बनाइएको छ ।
धेरै मतपत्र र उम्मेदवारका कारण एक जना मतदातालाई मत खसाल्न ४५ मिनेटदेखि एक घण्टा समय लागेकाले मतदानको समय थपेर राती ९ बजेसम्म पुर्याइएको छ ।
बिहान आठ बजे शुरु हुने भनिएको मतदान साढे तीन घण्टा भएको थियो । कांग्रेस महाधिवेशनमा ४७ सय ४३ मतदाता (प्रतिनिधि) छन् ।
मतदान सकिएलगत्तै सभापति पदको मतगणना हुने जनाइएको छ । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिष्पर्धामा छन् ।
कांग्रेसको विधानमा सभापतिमा विजयी हुन् खसेको मतको ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे बढी मत ल्याउने दुई उम्मेदवारका बीच पुन निर्वाचन हुनेछ।
टिप्पणीहरू