भारतबाट लागुऔषध ह्वार्रह्वार्ती

भारतबाट लागुऔषध ह्वार्रह्वार्ती

सीमावर्ती भारतीय बजार जोगबनीबाट लागुऔषध बोकेर बिराटनगर भित्रिनेको संख्या दिनहुँ बढ्दो छ । हिजो पनि बिराटनगरका विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउँसो प्रहरीले बिराटनगर महानगरपालिका–१६, हुलास चोकबाट सुनसरीको इटहरी उप–महानगरपालिका–४ का २२ वर्षीय सन्तोष भुजेललाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट लुपिजेसिक ६, डाइजापाम ८, एभिल ९ र फेनारगन ९ एम्पुल बरामद गरेको छ ।

No description available.

हिजै राति प्रहरीले बिराटनगर महानगरपालिका–१७ मटेरुवाचोकबाट धरान उप–महानगरपालिका–१४ का ३२ वर्षीय अन्सन तामाङलाई पक्राउ गरेको छ । उनको साथबाट लुपिजेसिक ११, डाइजेपाम ११ र एभिल ११ एम्पुल बरामद गरेको छ ।

उता सुन्दरहरैचा नगरपालिका–५ बलियाबाट मोटरसाइकलमा सवार केराबारी गाँउपालिका–६ का २१ वर्षीय सागर तामाङ पनि हिजै गिरफ्तारमा परेको छ । उनको साथबाट प्रहरीले फेनारगन ८, लुपिजेसिक ८, डाइजेल्याब ८, डाइजेपाम ८ र एभिल ८ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका सबै अभियुक्तले सीमावर्ती भारतीय बजार जोगबनीबाट लागुऔषध लुकाइछिपाइ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू