एकातिर कार्यव्यवस्था परामर्श समितिको बैठक, अर्कोतिर अवरोध गर्ने एमालेको रणनीति

एकातिर कार्यव्यवस्था परामर्श समितिको बैठक, अर्कोतिर अवरोध गर्ने एमालेको रणनीति

संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

दिउँसो २ बजेबाट संसदको १०औँ अधिवेशन सुरु हुने भएपछि बैठक सञ्चालनसहित कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बसेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्ने रणनीति बनाइरहँदा समितिको बैठक पनि बसिरहेको हो ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि शुरु हुनेगरी संसदको हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको बताइको छ ।

टिप्पणीहरू