पार्टीको प्रचारमा सरकारी सवारी साधन प्रयोग
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनको अन्तिम परिणाम आएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको लागि विजय सुनिश्चित गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेता डा. शेखर कोइराला हुनुहुन्थ्यो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि हिजो भएको दोस्रो चरणको मतदानमा देउवाले ५९ प्रतिशत भन्दाबढी मत ल्याउनुभएको छ । शेखरले ४० प्रतिशत कटाउनुभएको छ ।
अन्य पदाधिकारीहरुको मत गणना आज दिउँसोबाट हुने कुरा छ । तर, काँग्रेसको महाधिवेशनमा भारतीय र सरकारी स्रोत साधनको भरपुर प्रयोग गरेको पाइएको छ ।
२ नम्बर प्रदेशबाट ल्याइएको एउटा सरकारी मोटरसाइकल त्यसको उदाहरण हो । काँग्रेसको झण्डा हालिएको उक्त मोटरसाइकल भृकुटीमण्डपमा पछिल्लो छ दिनदेखि देखिएको छ । प्र २–०२–००१ ब ००३३ नम्बरको मोटरसाइकल सरकारी नम्बर प्लेटको हो ।
सरकारी नम्बर प्लेटका अरु थुप्रै सवारी साधन प्रयोग गरिएको छ । भारतीय नम्बरप्लेटका सवारी साधन पनि काँग्रेस महाधिवेशनमा सरोबरी देखिएको छ ।
टिप्पणीहरू