भारतीय सेनाको सर्वोच्च पदमा कसले लेला बिपिन र मनोजको ठाउँ ?

भारतीय सेनाको सर्वोच्च पदमा कसले लेला बिपिन र मनोजको ठाउँ ?

दुई हप्ताअगाडिको हेलिकप्टर दुर्घटनाका कारण भारतमा रिक्त चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को नियुक्ति प्रक्रिया शुरु भएको छ । जल,स्थल र वायु सेनाको सिफारिशका आधारमा पेश हुने नामावली सूचीबाट छिट्टै सीडीएस नियुक्त गर्न लागिएको हो । उक्त सूची रक्षामन्त्री राजनाथ सिंहमार्फत् क्याबिनेटमा प्रस्तुत हुने छ ।

पछिल्लो घटनाक्रमले स्थल सेनाध्यक्ष तथा चिफ अफ आर्मी स्टाफ जनरल मनोज मुकुन्द नरवाने नयाँ सीडीएस बन्ने पक्कापक्की झैँ छ । सरकारी स्रोतले वरिष्ठता र अनुभवको आधारमा नरवाने नयाँ सीडीएस बन्ने दाबी गरेको हो ।

नरवाने आगामी अप्रिलमा सेवानिवृत्त हुँदैछन् । त्यसको निम्ति पनि सरकारले नयाँ सेनापतिको खोजी गरिरहेको बताइन्छ । अहिलेको अवस्थामा स्थल सेनाका लेफ्टिनेन्ट जनरल सीपी मोहन्ती र सेनाको उत्तरी कमाण्डका लेफ्टिनेन्ट जनरल वाईके जोशीमध्ये एक जना उक्त पदमा नियुक्त हुने सम्भावना औंल्याइएको छ ।

यसैबीच सरकारले पूर्वी नौसेना कमाण्डको नयाँ चिफ अफ स्टाफमा भाइस एडमिरल सन्जय वात्सायनलाई नियुक्त गरेको छ ।

टिप्पणीहरू