कमरेडको किल्ला थवाङसँग जोडियो सिंहदरबार
रोल्पाको थवाङ काठमाडौँसँग सोझै जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रीबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो ।
बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रीबस सेवा सुरु भएको छ ।
हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत् करिब आठ घण्टाको दूरी पार गर्दै रात्रीबसमा काठमाडौँ जाने गरेका थिए ।
थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीहरुलाई थवाङ–काठमाडौं बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।
टिप्पणीहरू