मुगुबासीलाई चामलको भात खान हम्मे हम्मे

मुगुबासीलाई चामलको भात खान हम्मे हम्मे

समयमै खाद्यान्न ढुवानी नहुँदा मुगुबासीहरु महंगोमा चामल किन्न बाध्य भएका छन् । खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरुले समयमै चामल नओसार्दा उनीहरु महंगोमा चामल किनेर खान बाध्य भएका हुन् ।

सदरमुकामबाहेक अन्य डिपोमा केही खाद्यान्न ढुवानी भए पनि पर्याप्त छैन । ठेकेदारले समयमा चामल ढुवानी नगर्दा मुगुबासीहरू सोरुकोटको सोरु बजार, खत्याडको माथचौर आसपासका बजार, पुलु र छाईलबजारबाट चर्को मूल्यमा खाद्यान्न किनिरहेका छन् ।

खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, शाखा कार्यालय गमगढीबाट चालु आर्थिक वर्षमा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विण्टल, सोरुकोट डिपोमा एक हजार पाँच सय क्विण्टल, श्रीकोट डिपोमा एक हजार क्विण्टल र सदरमुकाम गमगढी बजारको निम्ति ११ हजार क्विण्टल चामल लैजाने ठेक्का स्वीकृत भएको थियो ।

टिप्पणीहरू