इञ्जिनियर मृत्युको छानबिन थालियो, जलविद्युत आयोजनाको गुणस्तरमाथि प्रश्न चिन्ह
सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा हिजो दुई जना इञ्जिनियरको मृत्यु भएपछि छानबिनका लागि सरकारले समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईं मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।
साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको परीक्षणका क्रममा हिजो पेनस्टक (पानी खसाल्ने पाइप) बिष्फोट हुँदा इञ्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो ।
फलामे पेनस्टकको गुणस्तरमाथि गम्भीर प्रश्न उठाउँदै विज्ञहरुले निजी क्षेत्रका जलविद्युत आयोजनाको समग्र निर्माण पक्षको औचित्य र गुणस्तरको परीक्षण गर्नुपर्ने आवाज उठाएका छन् ।
टिप्पणीहरू