उदयपुरमा कृषकहरु पुरस्कृत
उदयपुरको ताप्ली गाउँपालिकाले कृषि मेला आयोजना गरेको छ । कृषि पेशाप्रति किसानलाई आकर्षित गर्न पहिलोपटक बृहत् कृषि प्रर्दशनी मेलाको आयोजना गरिएको हो ।
छरिएर रहेका किसानलाई कृषि पेशामा एकीकृत गर्न र जागरुक बनाउन साहस नेपालसँगको सहकार्यमा गाउँपालिकाले रूपाटारमा पालिकास्तरीय कृषि जैविक विविधता प्रदर्शनीको आयोजना गरेको बताइएको छ ।
मेलामा गाउँपालिकाका किसानले आफूले उत्पादन गरेका कृषिबाली तथा पशुपन्छी प्रदर्शनमा ल्याएका थिए । मेलामा कृषितर्फ इन्द्रबहादुर शाही र पशुपन्क्षीतर्फ रामबहादुर हमाल उत्कृष्ट किसान घोषणा भएका छन् ।
प्रदर्शनीतर्फ कृषिबालीअन्तर्गत कृष्णबहादुर तामाङ र पशुतर्फ भीमबहादुर तामाङ र कल्पना खड्का एवमे पन्क्षीतर्फ हरिबहादुर ठकुरी पुरस्कृत भएका छन् । उनीहरूलाई कृषिजन्य सामग्रीसहित ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले प्रमाणपत्र प्रदान गरेका हुन् ।
टिप्पणीहरू