एकाबिहानै प्रचण्ड किन छिर्नुभयो सिंहदरबार ?

एकाबिहानै प्रचण्ड किन छिर्नुभयो सिंहदरबार ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही बेरअघि सिंहदरबारमा भेट गर्नुभएको छ । दाहालसँग भेट्न कार्की सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल पुग्नुभएको हो ।

उहाँहरुबीच बिहान भर्खर संक्षिप्त भेटवार्ता भएको हो । संसदमा विचाराधीन अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गराउने सरकारको रणनीतिअनुसार कार्कीले दाहालसँग भेट गर्नुभएको बुझिएको छ ।

यसअघि मन्त्री कार्कीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यहि विषयमा दुई पटक बालकोट पुगेर भेटघाट गरिसक्नुभएको छ ।

टिप्पणीहरू