राष्ट्रियसभा चुनावमा सत्ता गठवन्धन मिलेर लड्ने, भागवण्डा मिल्यो

राष्ट्रियसभा चुनावमा सत्ता गठवन्धन मिलेर लड्ने, भागवण्डा मिल्यो

सत्तारुढ गठबन्धनका पाँच दलले आगामी राष्ट्रियसभा निर्वाचनका लागि सीट भागबण्डा टुंगो लगाएका छन् । आज बिहान बालुवाटारमा बसेको गठवन्धनको बैठकले राष्ट्रियसभामा रिक्त हुने १९ सिटमा भागवण्डा मिलाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट लिने गरि भागबण्डा मिलाइएको हो ।

सहमति अनुसार यसअघि जितेका ठाउँमा भने तत् तत् पार्टीलाई नै सीट छुट्याइएको छ । एमालेले जितेको बाँकी ८ सीटमा भने कांग्रेसले ३ माओवादी र समाजवादीले १-१, जसपाले २ र जनमोर्चाले १ सीट लिनेगरी भाग मिलाइएको छ ।

यसअघि कांग्रेसको ३, माओवादी र एकीकृत समाजवादीको ४/४ क्षेत्रमा सीट रिक्त रहेका थिए ।

टिप्पणीहरू