पाँचथरबाट आङ्बो र थेवे माओवादीको केन्द्रमा

पाँचथरबाट आङ्बो र थेवे माओवादीको केन्द्रमा

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट पाँचथरका दुई नेता केन्द्रीय कमिटीमा पुगेका छन् । पाँचथर गृहजिल्ला रहेका १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र वन वातावरण, उद्योग तथा पर्यटन सभापति सीता थेव केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

आङ्बो आदिवासी जनजाती तर्फबाट र थेवे महिला कोटाबाट केन्द्रीय कमिटीमा पुगेका हुन् । दोस्रोपटक १ नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बो यसअघि पनि पार्टीको केन्द्रिय सदस्य थिए । थेवे भने पहिलोपटक पार्टी केन्द्रमा पुगेकी हुन् ।

टिप्पणीहरू