ट्याक्सीको भाडा बढ्यो,अनलाइन मार्गविरुध्द चालकहरु काउन्सिल जाने

ट्याक्सीको भाडा बढ्यो,अनलाइन मार्गविरुध्द चालकहरु काउन्सिल जाने

बाग्मती प्रदेश यातायात मन्त्रालयले माघ १ गतेबाट लागु हुने गरी ट्याक्सीको नयाँ भाडादर कायम गरेको छ । गत मंगलबारको निर्णयानुसार प्रदेशबाट स्वीकृतिप्राप्त ट्याक्सीको भाडादर समायोजन तथा निर्धारण हुने भएको हो ।

बैठकले भाडादर निर्धारण, समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ अनुसार भाडादर कायम गरेको सूचनामा उल्लेख छ । उपत्यकामा सञ्चालित ट्याक्सीले माघ १ गतेबाट पहिलो १ किलोमिटरको यात्राको ६० रुपैयाँ लिने छन् ।

त्यस्तै, १ किलोमिटरपछि प्रति दुई सय मिटरको ९ रुपैयाँ ८० पैसाका तोकिएको छ । अबदेखि ट्याक्सीमा पूर्णरुपमा मिटरको प्रयोग गर्नुपर्ने, सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्नेबित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने, ट्याक्सीमासामान छुटेमा सुरक्षित राखेर नजिकको प्रहरी चौकीमा सूचना दिनुपर्ने तथा ट्याक्सी नियमित रुपमा सफा गरि लंैगिक विभेदरहीत व्यवहार गर्नुपर्ने बताइएको छ ।

No description available.

यता, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले भने बाग्मती प्रदेश यातायात मन्त्रालयले निर्धारण गरेको भाडादरको विषयमा अनलाइन मार्ग नामक अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । लामो समयदेखि समायोजन हुन नसकेको ट्याक्सीको भाडादरको विषयमा भ्रामक समाचार संप्रेषण गरेको भन्दै समाजले आपत्ति जनाएको हो ।

समाजद्वारा जारी विज्ञप्तिमा उक्त अनलाइनले प्रदेशमा ट्याक्सी दर्ता कार्य रोक्न र भाडादर समायोजनमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष तथा महासचिवले ट्याक्सी व्यवसायीहरुसँग पाँच हजारका दरले रकम असुलेर जनतालाई मर्कामा पारेको भ्रामक र झुठो समाचार लेखेको उल्लेख छ ।

समाजका महासचिव टोपबहादुर खत्रीद्वारा जारी विज्ञप्तिमा, ‘अनलाइन मार्गले यसअघि पनि पटक पटक भ्रामक समाचार लेखेकाले कानुनी उपचारमा जाने तयारी गरिएको,’ उल्लेख छ ।

No description available.

टिप्पणीहरू