सबै नेता एकान्तमा, नियम जनतालाई मात्रै ?

सबै नेता एकान्तमा, नियम जनतालाई मात्रै ?

प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझदेखि आइसोलेसनमा बस्नुभएको छ । उहाँको कोभिड–१९ को परीक्षण भोलि हुने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री आइसोलेसनमा बस्नुभएको हो । हिजो र अस्ति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा दाहालसँगै सहभागी हुनुहुन्थ्यो ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित हिजो र अस्तिको बैठकमा सहभागी सत्ता गठबन्धनका डेढ दर्जन शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । माओवादी नेताहरु प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल,मातृका यादवलगायत आधा दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा देउवाले भेटवार्ता गर्नुभएको छ । सोही भेटका कारण ओली पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको बताइएको छ ।

टिप्पणीहरू