माओवादीका अरु दुई नेता पनि आइसोलेशनमा
नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडीलाई कोरोनाले समातेको छ । यो संगै उनीहरुलाई तेस्रो पटक कोरोना भाइसर संक्रमण पुष्टि भएको हो ।
पूर्वमन्त्री समेत रहेकी पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिनुभएको हो । माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतका नेताहरुमा पनि संक्रमण पुष्टि भइसकेको छ ।
यसबीच प्रचण्डसँग पटक-पटक भेटघाट गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा होम आइसोलेशनमा बस्नुभएको छ ।
टिप्पणीहरू