निर्णय र कार्यान्वयन फरकतिर, भारतबाट आउने सोझै घरतिर

निर्णय र कार्यान्वयन फरकतिर, भारतबाट आउने सोझै घरतिर

भारतीय सीमा नाकाबाट स्वदेश भित्रिएकाहरु निस्फिक्री आफ्नो गाँउघर पुगिरहेका छन् । सीमा नाकामा कोरोना परीक्षण गरे पनि त्यत्ति प्रभावकारी बन्न नसकेको नाकामा खटिएका प्रहरीहरु नै बताउँछन् ।

नेपाल–भारत सीमा बेलहियाबाट दैनिक चार सयको हाराहारीमा नेपालीहरु घर फर्किरहेका छन् । बेलहिया नाकामा हेल्थ डेस्क छ तर क्वारेन्टिनको व्यवस्था नहुँदा अप्ठेरो परेको इलाका प्रहरी कार्यालय, बेलहियाले बताएको छ । कोरोना देखिएकाहरुलाई सामान्य औषधि दिएर सुरक्षित रहन आग्रह गर्दै घर पठाउने गरिएको प्रहरीको भनाइ छ ।

बाँकेको जमुनाहा नाकाबाट नेपाल फर्किनेको संख्यामा पनि उल्लेखीय वृद्धि भएको छ । त्यहाँबाट दैनिक दुईदेखि तीन हजार जनाले ओहोरदोहोर गर्ने गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उक्त क्षेत्रमा भेटिएका कोभिड संक्रमितलाई नेपालगञ्जको भेरी अस्पतालमा राख्ने गरिएको कार्यालयले बताएको छ ।

भारतबाट जोगवनी नाका हुँदै दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा मानिस भित्रिने गरेका छन् । तर, दैनिक कतिको परीक्षण गरिएको छ र कतिमा संक्रमण पुष्टि भएको छ भन्ने तथ्याङ्क सो क्षेत्रमा खटिने प्रहरीसँग समेत छैन ।

टिप्पणीहरू