मास्क नलगाउनेलाई १ सय जरिवाना, व्यवसायीलाई ५ हजार

मास्क नलगाउनेलाई १ सय जरिवाना, व्यवसायीलाई ५ हजार

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै विराटनगरमा कडाइ गरिएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिँड्नमा प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय, मोरङले मास्कलाई अनिवार्य गरेको छ । मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना तिराइने प्रशासनले जनाएको छ ।

सार्वजनिकस्थल र बजारमा हिँड्नेलाई मास्क अनिवार्य गरिएको हो । जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयले अनिवार्य मास्क लगाउन पर्ने नियम बनाएको हो ।

पछिल्लो समय कोरोनाको जोखिमलाई हेलचेक्रयाईं गरि मास्क नलगाई हिँडडुल गर्नेको संख्या बढ्दै गएपछि प्रशासनले उक्त नियम लागु गरेको हो । साथै, पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यवसायीको हकमा भने पाँच हजार जरिवाना तोकिएको छ ।

टिप्पणीहरू