बेलायतमा महारानी जोगाउन नयाँ उपाय

बेलायतमा महारानी जोगाउन नयाँ उपाय

बेलायतमा बृध्द महारानी एलिजाबेथ द्वितीयालाई जोगाउन नयाँ नियम बनाइएको छ । महारानीको सुरक्षाको निम्ति नयाँ नियम जारी गरिएको सरकारी दाबी छ ।

अबदेखि महारानीको सरकारी निवास विन्डसर क्यासललाई नो फ्लाई जोन अर्थात् उडान प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । यो नियम जनवरी २७ देखि लागु हुने बताइएको छ ।

अबदेखि महारानीको निवास क्षेत्र भएर कुनै पनि विमान वा ड्रोनहरु उडाउन पाइने छैन । उडाउनै परे २५ सय फीटभन्दा माथिबाट उड्नुपर्ने नियम बनाइएको छ ।

हालै एक जना वेल्डिङ गर्ने मानिस सुरक्षा घेरा तोड्दै दरबारभित्र छिरेर एलिजावेथलाई मार्ने धम्की दिएपछि उक्त नियम बनाइएको हो ।

टिप्पणीहरू