त्रियुगाको नयाँ नेतृत्व बल्झियो कि सल्टियो ?

त्रियुगाको नयाँ नेतृत्व बल्झियो कि सल्टियो ?

उदयपुर जिल्ला अदालतले जारी गरेको निषेधाज्ञा कार्यान्वयन नहुँदै त्रियुगा उद्योग वाणिज्य संघको छैठौं साधारण सभा तथा अधिवेशनले रमेशकुमार रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

साधारण सभामा भाग लिने अवस्थाबाट वञ्चित हुने भएकाले निषेधाज्ञा जारी गर्दै साधारण सभा रोकी पाउँ भनी संघका सदस्य कुमारप्रसाद घिमिरे, अजयकुमार साह, ईश्वरमान राई र दिलिपकुमार चौधरीले जिल्ला अदालत उदयपुरमा रिट हालेका थिए । अधिवेशनको अघिल्लो दिन हालिएको रिटमाथि सुनुवाई भएपछि दुबै पक्षलाई छलफलका लागि बोलाइयो । तर अधिवेशन वा साधारण सभा रोक्नको लागि कुनै आदेश जारी भएको थिएन ।

त्यसैले प्रदेशसभाका सदस्य विमल कार्कीको प्रमुख आतिथ्य, जिल्ला समन्वय प्रमुख खड्ग परियार दर्नाल, त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी, सबैजसो प्रमुख राजनीतिक दलका प्रतिनिधि र संघका संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष सूर्यनारायण यावदलगायतको उपस्थितिमा साधारण सभा उद्घाटन गरिएको हो । बन्दसत्रमा आर्थिक तथा सांगठनिक प्रतिवेदन सचिव दिनेश श्रेष्ठले प्रस्तुत गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायधीश माधवप्रसाद सुवेदीले मुद्दाको टुंगो नलागेसम्म साधारण सभा नगर्नु नगराउने भन्ने आदेश दिइएको छ । आदेश त्रियुगा उद्योग वाणिज्य संघ, रमेश विश्वकर्मा र जिल्ला प्रशासन कार्यलय उदयपुरको नाममा जारी भएको हो । तर अदालतको आदेश नपुग्दै साधारणसभामा उपस्थितहरुले नेतृत्व चयन गरेपछि अदालतको आदेशको स्थिति बेवारिस भएको हो ।

यसअघि संघका केन्द्रीय सदस्य गजेन्द्रकुमार भगत र नयाँ अध्यक्ष रसाइलीले एक अर्कामाथि विभिन्न बहानामा मुद्दा दायर गर्दै गराउँदै आएका थिए । यसबाट संघका कामकारबाहीहरु प्रभावित हुँदै आएका थिए ।

रसाइलीको नेतृत्वको कार्यसमितिविरुद्ध निवर्तमान अध्यक्ष गजेन्द्रकुमार भगत र उनका समर्थक सदस्यहरुले अदालतमा अधिवेशन स्थगनको माग गरेका थिए । तर अदालतको फैसला कार्यान्वयन अगावै नयाँ कार्यसमिति चयन भएको घोषणालाई सबैजसो कार्यालयका प्रतिनिधिहरुले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य दिइसकेका छन् ।

टिप्पणीहरू