राष्ट्रपति पुगिसक्नुभो, पूर्वराजा जाँदै

राष्ट्रपति पुगिसक्नुभो, पूर्वराजा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीजयन्तीको अवसरमा आज सिंहदरबारको मूल गेटमा रहेको पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।

शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने तयारी रहेको छ ।

माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।

त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाह साढे १२ बजे सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू