दोषी ठहर गरेपछि दाहाल बाहिरिए

दोषी ठहर गरेपछि दाहाल बाहिरिए

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । दरबारभित्रको क्याफ्टेरिया (कफी शप) निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि उनले आज पदबाट राजीनामा दिएका हुन् ।

उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयसँगको सम्बन्ध बिग्रिएपछि दाहाल विकास समितिबाट अलग भएका हुन् ।

मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास समूहले कफी शप निर्माणका लागि कसरी टेण्डर पार्यो भन्ने विषयमा छानबिन समिति गठन भएको थियो ।

टिप्पणीहरू