जनआस्थाविरुध्द शेष घलेका नक्कली भाइको मुद्दा तामेलीमा
डलर अर्बपति शेष घलेको नक्कली भाइ बनेर ठग्दै हिँडेका गमबहादुर लामिछानेले जनआस्थाविरुध्द दायर गरेको गाली बेइज्जती तथा अवहेलना मुद्दा तामेलीमा पठाइएको छ । उच्च अदालत, पाटनले मंसिर १५ गते गरेको फैसलाको पाठमा उक्त आदेश भएको हो ।
चिनियाँ नागरिकलगायत धेरै जना नेपालीलाई करोडौं रुपैयाँ ठग्दै हिँडेका,मौज्दात नभएको चेक भिडाउँदै हिँडेका गमबहादुरसम्बन्धी समाचार सप्रमाण प्रकाशित भएपछि उनले जनआस्थाविरुध्द मानहानीको मुद्दा हालेका थिए । तर अदालतले त्यस्ता ठगले दाबी गरेको उक्त विषयलाई सार्वजनिक सरोकारको विवाद नभएको ठहर गरेको छ ।
चिनियाँ नागरिकलाई ठगे पनि उनको दैनिकी स्कुटीमा सवारी हुन्थ्यो । तर ठाउँ ठाउँमा श्रीमती राखेका थिए भने खाडीबाट केही वर्षअघि अलिकति पैसा कमाएर फर्केका थिए ।
न्यायाधीशद्वय सुभाष पौडेल र कुलप्रसाद शर्माको इजलासले दिएको आदेशमा भनिएको छ, ‘नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकको वारिस यस अदालतबाट तोकिएको मितिको तारिख गुजारी बसेकोमा कानुनबमोजिम थाम्ने थमाउने अवधि समेत व्यतित भइसकेको र प्रस्तुत निवेदन दावीको विषयवस्तु उच्च अदालत नियमावली २०७३,नियम ५० प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम नेपालको संविधानको धारा १४४ अन्तर्गत सार्वजनिक सरोकारको विवाद पनि नभएको हुँदा प्रस्तुत निवेदनको औचित्यमा प्रवेश गरि रहनुपरेन ।’ आदेशमा अगाडि भनिएको छ, ‘प्रस्तुत निवेदन उच्च अदातल नियमावली २०७३ को नियम ५० बमोजिम तामेलीमा राखी दिएको छ । निवेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु ।
चिनियाँलगायतका विदेशी र दर्जनौं नेपालीलाई ठगेर अहिले उनी डिल्लीबजार झ्यालखानाको चिसो छिँडीमा बसेका छन् । जनआस्थाविरुध्द उच्च अदालत पाटनमा हालेको अवहेलना तथा गाली बेइज्जती मुद्दाको फैसला गत मंसिर १५ गते भएको हो । गमबहादुरले धेरैलाई लुटेको, ठगेको र नक्कली कागजात पेश गरेर ‘काम तमाम’ गरेको समाचार जनआस्था साप्ताहिक र जनआस्था अनलाइनले प्रकाशित गरेपछि बिकले गत बैशाख १८ गते मुद्दा दायर गरेका थिए ।
कात्तिक १५ गते जिल्ला अदालत काठमाडौंले एउटा ठगी मुद्दाअन्तर्गत साढे ३ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल पठाएको छ भने पाँच करोड चेक बाउन्सको अर्को मुद्दा पनि दर्ता हुने क्रममा छ ।
अहिले त्यहि मुद्दाको फैसलाको पूर्ण पाठ प्राप्त भएको हो । अदालतको आदेशले वादी गमबहादुरले विदेशीको घरबार र कम्पनीकै उठिबास लाग्ने गरी ठगेर जेल गएको प्रमाणित भएकोले जनआस्थाको समाचार स्वतः पुष्टि हुन आएको सन्दर्भसहित गमबहादुरको मागदाबी नपुग्ने टुंगो लगाएको छ ।
सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले समेत अस्वाभाविक सम्पत्ति संकलनको कैफियत भेटिएपछि उच्च अदालतको अनुमतिमा डिल्लीबजार जेलबाट तानेर अकुत आर्जनको स्रोत खोज्दै बयान लिइसकेको बुझिएको छ ।
लमजुङ घनपोखरा घर भएकै नातामा बिक थर बदलेर उनले आफूलाई डलर अर्बपति शेष घलेको भाइ भनी दुनियाँ ठग्दै हिँडेका थिए । उनको नागरिकताको नाम गमबहादुर लामिछाने हो । दशौं करोड ठगीमा संलग्न उनको सँधै डेराको बास थियो । चिनियाँ नागरिकलाई ठगे पनि उनको दैनिकी स्कुटीमा सवारी हुन्थ्यो । तर ठाउँ ठाउँमा श्रीमती राखेका थिए भने खाडीबाट केही वर्षअघि अलिकति पैसा कमाएर फर्केका थिए ।
उनै लामिछानेलाई यसअघि गत कात्तिक १५ गते जिल्ला अदालत काठमाडौंले एउटा ठगी मुद्दाअन्तर्गत साढे ३ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल पठाएको छ भने पाँच करोड चेक बाउन्सको अर्को मुद्दा पनि दर्ता हुने क्रममा छ ।
उनले एक जना चिनियाँ व्यवसायीको व्यवसाय र निवास नै किर्ते गरी कब्जा गरेका छन् । त्यो घर सिभिल बैंकमा धरौटी राखी २ करोड निकालेर खाइ पनि सकेका छन् । ती चिनियाँ व्यवसायीलाई उनले साढे ११ करोड रुपैयाँ ठगेको लिखित,मौखिक प्रमाणका ढड्डा विभिन्न अदालतमा पेश गरिएका छन् । चितवन जिल्ला अदालतले पनि भर्खरै उनले बिदेशीको कारखाना र सम्पत्ति ठगेको अन्तिम फैसला गरेको छ ।
चितवन जिल्ला अदालतले पनि भर्खरै उनले बिदेशीको कारखाना र सम्पत्ति ठगेको अन्तिम फैसला गरेको छ ।
चिनियाँ नागरिक चाङ चिनसियाङको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी गमबहादुर लामिछाने भएको मुद्दामा ११ करोड ५० लाख रुपैयाँ ठगीको अभियोग लगाइएको छ । ठग लामिछानेको खातामा रकम जम्मा गर्ने,उनीसँग कारोबार गर्नेहरुलाई समेत उपस्थित गराएर यसअघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको छ ।
बयानको क्रममा उनीहरु सबैले गमबहादुरले धेरैलाई ठगेको लिखित बयान दिएका छन् । सबैको बहस, साक्षीहरुको लिखित बयान र प्रमाणको आधारमा अदालतले साढे ३ करोड रुपैयाँ धरौटी मागे पनि तिर्न नसकेपछि गमबहादुर गम खाँदै जेलमै कोचिएका हुन् ।
काठमाडौं जिल्ला अदालतको गत कात्तिकको आदेशमा भनिएको छ, ‘अपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा प्रतिवादी गमबहादुर लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ३ करोड ५० लाख रुपैयाँ धरौट माग गर्नुका साथै उक्त धरौट दिन नसके ऐ. संहिताको दफा ६८ (२) बमोजिम थुनुवा पुर्जी दिई कानुनबमोजिमको सिदा खान पाउनेगरी मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएकोमा उक्त धरौट बुझाउन नसक्ने भनी निज प्रतिवादी गमबहादुर लामिछानेले कागजसमेत गरी दिएको हुँदा निजलाई कानुनबमोजिमको सिदा खान पाउने गरी कारागार कार्यालयमा थुनामा राख्न पठाइएको छ ।’
ठगी मुद्दामा यति धेरै रकमको बिगो जिल्ला अदालतबाट आदेश भएको सम्भवतः पहिलो पटक भएको त्यतिबेला कानुन व्यवसायीहरुले बताएका थिए । गमबहादुरको ठगीप्रति न्यायालय विश्वस्त भएको अवस्थामा र ठगको उद्देश्य गम्भीर प्रकृतिको देखिएमा मात्र यति ठूलो रकमको धरौटी रकम माग गर्ने प्रचलन रहेको उनीहरुले बताएका थिए ।
धेरैलाई ठगेर पैसा नभएको बैंक खाताको चेक भिडाउँदै आएका उनीविरुध्द अरु थुप्रै मुद्दा उच्च अदालत पाटनमा समेत विचाराधीन छ । कीर्ते कागजातबाट ठग्दै आएका उनले चिनियाँको लगानीमा खुलेको उद्योग र चिनियाँले खरिद गरेको घर समेत आफ्नो नाममा बनाएका छन् । यससम्बन्धमा परेको लामिछानेविरुद्धको अर्को मुद्दा पनि उच्च अदालत पाटनमा विचाराधीन छ ।
टिप्पणीहरू