बागमतीमा दुधको भाउ बढ्दै

बागमतीमा दुधको भाउ बढ्दै

किसानहरुलाई लक्षित गरि बागमती प्रदेशको दुग्ध विकास बोर्डले दुधको मूल्य बढाउने तयारी गरेको छ । विगत तीन वर्षदेखि दुधको भाउ नबढेको बताउँदै बोर्डले मूल्यसमायोजन गर्ने तयारी थालेको हो ।

प्रशोधित दूधको मूल्य हाल प्रतिलिटर ७६ रुपैयाँ छ । अब प्रशोधित दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कामय गर्न बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

दूधको मूल्य निर्धारण सिफारिस समितिले प्रतिलिटर ७६ रुपैयाँमा १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ कायम गर्न भनेको हो । दुग्ध उत्पादक किसानहरू पलायन हुने अवस्था आएको भन्दै दूधको मूल्य बढाउन अत्यावश्यक रहेको बोर्डका प्रवक्ता बालक चौधरीले बताउनुभयो । अहिले बागमतीका दुग्ध उत्पादक किसानहरूले गाईको दूधमा ५२ र भैँसीको दूधमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँ पाउँदै आएका छन् ।

तीन वर्षको अवधिमा गाईभैंसीलाई खुवाउने दाना आदिको मूल्य अत्यधिक बढेकाले किसानहरु मारमा परेकाले दुधको भाउ बढाउनुको विकल्प नभएको बताइन्छ ।

टिप्पणीहरू