भक्तपुरमा पनि थप सतर्कता अपनाइयो

भक्तपुरमा पनि थप सतर्कता अपनाइयो

कोरोनाको जोखिम तीव्र गतिमा फैलिएपछि भक्तपुरमा पनि कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले आजदेखि थप कडाई गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न थालेको छ ।

कोरोना भाइरस संक्रमण पुन बढेपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनालाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको हो । घरबाट बाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ । प्रशासनले मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर दल्न, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आग्रह गरेको छ ।

सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन निर्देशन दिइएको छ । साथै, जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन आदेशसमेत दिइएको हो ।

भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको बताइएको छ ।

टिप्पणीहरू