पाँचथरमा खोपकार्ड अनिवार्य

पाँचथरमा खोपकार्ड अनिवार्य

मुलुकभर कोरोना भाइरस तीव्ररूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रममा जिल्ला प्रशासन पाँचथरले रोक लगाएको छ ।

पाँचथरकोे कोभिड १९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले हिजो २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

सार्वजनिकस्थलमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायबाट सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ ।

टिप्पणीहरू