जिल्ला अस्पताल : पहिले भरिभराउ, अहिले सुनसान

जिल्ला अस्पताल : पहिले भरिभराउ, अहिले सुनसान

कुनै समय कोभिडका बिरामीले भरिभराउ भएका अर्घाखाँची अस्पताल अहिले सुनसान देखिएको छ । कोभिड जोखिमका कारण सामान्य बिरामीसमेत अस्पताल आउन बन्द गरेपछि अस्पताल सुनसान भएको हो ।

यस्तै कोभिडका बिरामी पनि अर्घाखाँचीमा अहिलेसम्म तलनात्मक रुपमा कम देखिएका छन् । विगत १५ दिन यता अर्घाखाँची अस्पतालमा कुनै पनि कोभिडका बिरामी भर्ना भएका छैनन् ।

अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम रानाका अनुसार हालसम्म अस्पतालमा ९ सय २१ जना कोभिडका बिरामी भर्ना भएका छन् । जसमध्ये ८ सय ४७ जना निको भएर घर फर्किएका छन् भने ५० जनालाई रिफर गरिएको छ ।

उपचारको क्रममा हालसम्म अर्घाखाँची अस्पतालमा संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन् । अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

टिप्पणीहरू