ट्याक्सी व्यवसायीको अर्को माग
बागमती प्रदेश सरकारले माघ १ गतेदेखि लागु हुने गरि समायोजन गरेको ट्याक्सी भाडाको पहिलो अवस्था फ्ल्याग डाउनलाई परिवर्तन र प्राविधिक सहज गराउने विषयमा छलफल भएको छ ।
गुणस्तर तथा नापतौल कार्यालयमा बसेको बैठकले ट्याक्सीको प्राविधिक सहजताबारे छलफल गरेको हो । कार्यालयका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष, सचिव र इजाजतप्राप्त ट्याक्सी मिटर डिलरका प्रतिनिधि, मिटर मर्मतका प्रतिनिधिको सहभागिता थियो ।
प्रदेश सरकार मन्त्रीस्तरीय बैठकले पुस २० गते गरेको समायोजन भाडा प्रणालीका साथै हाल जडित मिटरमा प्राविधिक समस्या के छ ? भन्ने विषयमा छलफल भएको बताइएको छ ।
छलफलपछि मिटर डिलरहरुले हाल कायम गराइएको भाडा वृदि गर्न थप सफ्टवेयर राख्नुपर्ने, अहिलेको मिटरमा यस्तो होल्ड गर्ने सिस्टम नभएको जानकारी गराएका छन् । सफ्टवेयर झिकाउन कम्तिमा १५ दिन लाग्ने उनीहरुले बताएका छन् ।
यसबाट ट्याक्सी व्यवसायी मारमा पर्ने देखिएपछि तत्काल निश्कर्ष निकाल्न मन्त्रालय र सरकारसँग ट्याक्सी व्यवसायीले आग्रह गरेका छन् ।
टिप्पणीहरू