भारतबाट आउनेसँगै कोरोना पनि भित्रियो
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाका हुँदै भारतबाट फर्किएकामा संक्रमण पुष्टी हुन भएको हो । ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना संक्रमण बढ्दै गएको छ । नाकामा गरिएको परीक्षणमा हिजो मात्रै भारतबाट फर्किएका १ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । अस्ति १ सय ४८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
भारतमा महामारी बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या बढिरहेको छ । उनीहरुमध्ये अधिकांश संक्रमित भइ घर फर्किने गरेको पाइएको छ ।
सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७ सय ७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४ सय ७९ जनामा संक्रमण देखिएको छ हालसम्म प्रदेशमा संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।
टिप्पणीहरू