सुदूरपश्चिममा भोलि र पर्सि बिदा
माघी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भोलि माघ १ र पर्सि २ गते बिदा दिएको हो ।
यसअघि वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारले यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।
टिप्पणीहरू