गायक कुमार सुब्बा रहेनन्

गायक कुमार सुब्बा रहेनन्

सदाबहार गीतका मुर्धन्य गायक कुमार सुब्बाको निधन भएको छ । दार्जिलिङका सुब्बा अस्वस्थ भएपछि केही दिनदेखि सिलगढीको एउटा अस्पतालमा उपचाररत थिए ।

चार दिनअघि अक्सिजन कम भएपछि सिलगढीको अस्पतालमा उपचार गराइरहेका सुब्बाको हिजो दिउँसो निधन भएको हो । उनी विगत केही समयदेखि मिर्गौला र मुटु रोगबाट ग्रसित रहेको पारिवारिक स्रोतले बताएको छ ।

सुब्बाले गाएको सारङ्गीको तारले, मेरो सानो मुरलीमा, हे फूल चुँडेर, आऊ बस नजिकलगायतका कालजयी गीत नेपाली भाषीबीच चर्चित छन् ।

टिप्पणीहरू