पशुपतिको धर्मशाला देखेर पर्यटनमन्त्री चकित

पशुपतिको धर्मशाला देखेर पर्यटनमन्त्री चकित

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक्ड’ भएको बताउनुभएको छ । बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले ‘धर्मशाला त सेभेन स्टार होटेल’ जस्तो भन्दै आफू सक्ड भएको उल्लेख गर्नुभएको हो ।

छानबिन समितिले भोलि प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने मन्त्रीले जानकारी गराउनुभएको छ । यस्तै उहाँले धर्मशाला सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा ५ हजार ५ सय र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको उल्लेख गर्नुभयो ।

आफूले कसैसँग राजनीतिक प्रतिशोध नसाँधेको उहाँको भनाइ छ । जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने मन्त्री आलेले प्रतिबद्धता जनाउनुभएको छ ।

धर्मशाला हातामा बतास समूहले पूराना सवारी साधनको प्रदर्शनीसमेत गर्दै आएको छ । विशेषगरी पूरातात्विक महत्वका सम्पदा क्षेत्रमा आफ्नो व्यवसाय बिस्तार गर्दै आएको समूहले नारायणहिटीमा सञ्चालन गर्न खोजेको कफी शप सर्वाधिक विवादमा आएको हो ।

टिप्पणीहरू