कोरोनाको संक्रमण उस्तै, आज ५ जनाको निधन
पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार चार सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार पाँच सय ४९ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार पाँच सय ७१ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, ६ हजार आठ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार आठ सय ८३ जनामा संक्रमण भेटिएको छ ।
गत २४ घण्टामा पाँच जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । सोही अवधिमा ४ हजार चार सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू