निर्वाचन आयोगका पदाधिकारीलाई भेट्नुअघि प्रधानमन्त्री देउवा शीतल निवासमा

निर्वाचन आयोगका पदाधिकारीलाई भेट्नुअघि प्रधानमन्त्री देउवा शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा आज अपरान्ह ३ बजे शीतल निवास पुग्नुभएको हो ।

उहाँहरुबीच नियमित भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । यता, आजै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

त्यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नु भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

टिप्पणीहरू