फिलिपिन्सले किन्ने भयो भारतीय क्षेप्यास्त्र प्रणाली

फिलिपिन्सले किन्ने भयो भारतीय क्षेप्यास्त्र प्रणाली

भारतीय क्षेप्यास्त्र प्रणाली ब्राम्होस फिलिपिन्सले खरिद गर्ने भएको छ । उसले ३७ करोड ५० लाख अमेरिकी डलरमा उक्त प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढेको हो । हालै भएको खरिद सम्झौताअनुसार भारतले ब्राम्होस क्षेप्यास्त्र प्रणालीका तीन वटै ब्याट्री उपलब्ध गराउने छ ।

भारतले निर्यात गर्न लागेको पहिलो रक्षा प्रणाली र क्षेप्यास्त्रसम्बन्धी सम्झौतालाई सबैले चासोका साथ हेरेका छन् । यो प्रणाली भारतीय रक्षा अनुसन्धान र विकास संगठन तथा रुसको प्रख्यात हतियार तथा क्षेप्यास्त्र निर्माता एनपीओ माशिनोस्त्रोएनियाको संयुक्त उत्पादन हो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार भारतको ब्रम्होस एरोस्पेस प्राइभेट लिमिटेड र फिलिपिन्सको राष्ट्रिय रक्षा विभागबीच ‘एण्टी सिप मिसाइल सिस्टम’ सम्झौता भइसकेको छ । भारतीय क्षेप्यास्त्र बिक्री सम्झौता दक्षिणी चीन समुद्रमा केही समयदेखि उत्पन्न विवादको बेलामा हुनुलाई अर्थपूर्ण मानिएको छ । उक्त क्षेत्रको स्वामित्वलाई लिएर चीन र फिलिपिन्सबीच सँधै माछा मार्ने विषयमा विवाद हुँदै आएको छ ।

भारतले ब्राम्होस क्षेप्यास्त्रको सफल परीक्षण दुई साताअघि पूर्वी राज्य उडिसाको राजधानी विशाखापटनम नजिकैको समुद्री किनारमा गरेको थियो ।

टिप्पणीहरू