गठबन्धनका नेता फेरी बालुवाटारमा

गठबन्धनका नेता फेरी बालुवाटारमा

स्थानीय तह निर्वाचनको मिति तोक्नेबारे छलफल गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेता छलफलमा बसेका छन् । बिहानको बैठक बिना निष्कर्ष टुंगिएपछि आजै दोस्रो पटक नेताहरु छलफलमा जुटेका हुन् ।

चुनावको मिति घोषणा गर्नेबारे गठवन्धनमा सहमति कायम नहुँदा बिहान बालुवाटारमा बसेको बैठक फेरी बस्ने गरि टुंगिएको थियो । बैठकमा समयमै स्थानीय चुनाव गराउन नेताहरु सकारात्मक भएपनि मितिबारे ठोस सहमति जुटेको थिएन ।

बताइएअनुसार जारी बैठकले चुनावको मिति टुङ्गो लगाएर सरकारलाई घोषणा गर्न सुझाव दिनेछ ।

बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताको उपस्थिति रहेको छ । पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेको बताउँदै जनमोर्चाका प्रतिनिधि भने बैठकमा उपस्थित हुन सकेका छैनन् ।

टिप्पणीहरू