कोरोनाको तथ्याङ खोज्दै स्वास्थ्य मन्त्रालय

कोरोनाको तथ्याङ खोज्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका कोभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ ।

विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेको तर, त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने मन्त्रालयको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले १११५ मा विवरण पठाइदिन आग्रह गरेका हुन् । साथै, info@ edcd.gov.np इमेलमार्फत पनि विवरण पठाउन सकिने उनले बताएका छन् ।

टिप्पणीहरू