नेपाल वायुसेवाका कर्मचारी भन्छन्- ‘जिएम र डाइरेक्टरलाई बर्खास्त गरियोस्’

नेपाल वायुसेवाका कर्मचारी भन्छन्- ‘जिएम र डाइरेक्टरलाई बर्खास्त गरियोस्’

नेपाल वायुसेवा निगमका तीन वटा कर्मचारी युनियनले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सञ्चालकहरु फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्तीको माग गरेका छन् । उनीहरुले आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उक्त माग गरिएको छ ।

पौडेल,शेर्पा र ईश्वरीले निगमको व्यावसायिक स्वार्थ बाझिने गरी काम गर्दै आएको आरोप लगाउँदै उनीहरुले विगतमा एक सय चार दिन गरिएको आन्दोलनसमेत मन्त्रीलाई स्मरण गराएका छन् । ‘हवाईमाफियाहरुसँग ती तीन जनाको संलग्नता रहेको,’ भन्दै, ‘पुस १३ गतेदेखि दोहामा ग्राउण्डेड निगमको जहाजको इञ्जिन तत्काल बनाउनुने निर्णय गर्नुपर्नेमा उनीहरुले नै उक्त विषयमा खलल पुग्नेगरी वक्तव्य जारी गरेको,’ उल्लेख गरेका छन् ।

निगममा रहेका राष्ट्रिय कर्मचारी संगठन,कर्मचारी संघ र कर्मचारी युनियनले बुझाएको संयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारी निर्णयविरुद्ध हुने गरी उनीहरुले निगमलाई निजीकरण गर्नुपर्छ भन्दै आए ।’ त्यसैगरी चिनियाँ जहाज सञ्चालन गर्ने विषयमा फरक धारणा राखेको आरोप पनि उनीहरुमाथि लगाइएको छ ।

महाप्रबन्धक पौडेललगायतका सदस्यहरुले सञ्चालक समितिका कतिपय प्रस्ताव र गोप्य कागजात तथा विषयहरुलाई गैरकानुनी ढंगले सञ्चारमाध्यमहरुमा प्रेषित गरेको युनियनहरुले दाबी गरेका छन् ।

No description available.

टिप्पणीहरू