कुकुर र बिरालोलाई खोप लगाउन थालियो

कुकुर र बिरालोलाई खोप लगाउन थालियो

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई खोप लगाइएको छ । गाउँपालिकाभित्र पालिएका करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो ।

गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ ।

मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक वडामा सञ्चालित पशु स्वास्थ्य शिविरमार्फत् कुल एक सय ८५ वटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो ।

गुरागाईंले एक सय ६४ वटा कुकुर र २१ वटा बिरालोलाई खोप लगाएको जानकारी दिए । उनकाअनुसार वडा नम्बर १ थिङ्लाबुमा ५२ वटा कुकुर र १० वटा बिरालोलाई खोप लगाइएको छ ।

त्यस्तै, वडा नम्बर २ सान्थाक्रामा १३ वटा कुकुर, वडा नम्बर ३ खाम्लुङमा १४ वटा कुकुर, वडा नम्बर ४ लिङ्तेपमा ४३ वटा कुकुर तथा १० वटा बिरालो, वडा नम्बर ५ थुकिमामा ४० कुकुर तथा एउटा बिरालो र वडा नम्बर ६ नाल्बुमा दुई वटा कुकुरलाई खोप लगाइएको हो ।

टिप्पणीहरू