काठमाडौं जिल्ला अदालतको सेवा संकुचन लम्बियो

काठमाडौं जिल्ला अदालतको सेवा संकुचन लम्बियो

काठमाडौं जिल्ला अदालतको सेवा संकुचन लम्बिएको छ । कोरोना महामारीका कारण माघ ६ देखि १८ गतेसम्म सेवा संकुचन गर्ने यसअघिको निर्णय लम्ब्याएर माघ २८ गतेसम्म पुर्याइएको हो ।

अदालतको बिहीबार बसेको पूर्ण बैठकले माघ ५ गतेको पूर्ण बैठकको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिई २८ माघसम्म पुर्याउने निर्णय गरेको हो । जिल्ला अदालत काठमाडौंले जारी गरेको सूचनामा निर्णय बमोजिमका काम कारवाही तथा सेवाहरू मात्र प्रवाह गरिने भनिएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलगायतका विभिन्न भेरियन्टबाट न्यायाधीशहरू, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यसको जोखिम न्यूनिकरणका लागि अदालतले सेवा संकुचन गरेको थियो । सोही निर्णयलाई आज बसेको पूर्ण बैठकले २८ माघसम्म निरन्तरता दिने निर्णय गरेको गरेको हो ।

‘मुद्दा/निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिन र तारिख लिनेलगायतका सेवाहरू लिने क्रममा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी भिडभाड हुन नदिई सामाजिक दूरी कायम गरिदिन’ अदालतले भनेको छ ।

टिप्पणीहरू