परराष्ट्रमन्त्रीलाई कालो झण्डा देखाउने सात जना पक्राउ
गृहजिल्ला उदयपुरमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । एमसीसीको विरोधमा नाराबाजी र मन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
उदयपुरको चौदन्डिगढी नगरपालिकाको नयाँ भवन र १५ शैयाको अस्पताल भवन गर्न पुगेका मन्त्री खड्काको विरोधमा प्रदर्शन गरिएको हो । उनीहरूले एमसीसी चाहिँदैन, देश बेच्न पाईंदैन भन्ने नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बाक्लो थियोे । तर बेलटारको सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध गर्न खोजेपछि उनीहरूलाई केही समयका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए ।
टिप्पणीहरू