नेकपा एसनिकट पत्रकारको काठमाडौं अध्यक्षमा भीम लामा

नेकपा एसनिकट पत्रकारको काठमाडौं अध्यक्षमा भीम लामा

समाजवादी प्रेस संगठन नेपाल, काठमाण्डौंको अध्यक्षमा भीम लामा चयन भएका छन् । हिजो शनिवार दिउँसो काठमाण्डौंमा आयोजित पत्रकार भेलाले लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा लक्ष्मी चौलागाई,सचिव योगेन्द्र चौलागाई, सहसचिवहरु रुपचन्द्र महर्जन र समावेशी सहसचिव गणेश बिक, कोषाध्यक्ष सुजन पाख्रिन र सदस्यहरुमा मेनुका कार्की,सुसन भट्टराई,बद्री चौलागाई,स्यारोन घिसिङ,सुनकुमारी थिङ,राजकुमार सुब्बा,रामचन्द्र रम्तेल,यमन मुन्द्रेली र डिक श्रेष्ठलाई छानेको छ ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समाजवादी प्रेस संगठन प्रगतिशील र देशभक्तहरुको साझा र स्वतन्त्र संगठन भएको भन्दै बिद्रोह गर्न आँट हिम्मत र एजेण्डा चाहिन्छ,त्यसको लागि अपार धैर्यता र सुमधुर सम्बन्ध स्थापित गर्नु आजकोे आवश्यकता भएको बताए ।

क्रान्तिकारी र परिवर्तनमुखी स्वभाव विद्रोहीहरुसंग हुने भन्दै नेता खतिवडाले एमालेको नीति नियमहरु विरुद्ध विद्रोह गरेको बताए । त्यसको लागि अनुशासित संगठन, जिम्मेवार र प्रगतिशील शैलि र आचरणसहित असल व्यवहार जरुरी रहेको भन्दै विद्रोहलाई अनुशासित ढंगले अगाडि बढाउन नयाँ संगठन जरुरी भएको र कमी कमजोरीलाई सच्याउँदै भोलिका दिनमा पार्टीलाई अझ बलियो बनाउने बताए ।

No description available.

सन्धि सम्झौता,बजेट,वित्तीय प्रणालीमा हावी हुँदै आएको साम्राज्यवाद अहिले एमसिसीबाट बलियो बनेर आउँदै गरेको भन्दै हाम्रो सन्दर्भमा हिन मनोविज्ञानबाट ग्रसित मानसिकता,जाति,वर्ण,धर्म,लिंगको नामबाट पुँजिवादीहरुले अर्थव्यवस्थामार्फत सम्राज्यवाद लाद्न खोजेको आरोप लगाए ।

एमसिसीको सन्दर्भ उठाउँदै प्रचार विभाग प्रमुख खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर एमसिसीलाई संसद्मा ल्याउन चाहन्छन् तर त्यो पास गराउने कि फेल गराउन हो प्रश्न गर्दै कि संसद्मा ल्याएर एजेण्डा नै समाप्त गर्न खोजेको त होइन ? कानूनी र संवैधानिक ढंगबाट एमसिसीलाई संसद्मा ल्याइनु बाधक भएको भन्दै बर्तमान सन्दर्भमा एमसिसी हट केक भएको बताए । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठले हालसम्म पनि प्रतिगमन नसकिएकोले उद्देश्यसहितको पत्रकारिता जरुरी भएको बताए ।

No description available.

पार्टी केन्द्रीय सदस्य अशेष घिमिरे, काठमाडौं जिल्ला समिति अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की,सँगठनका उपाध्यक्षहरु बिश्वमणी सुवेदी, शन्तराम बिडारी,महासचिव भुपराज खड्का,उपमहासचिव रामकुमार एलन,सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कृष्ण गौतम तथा संगठनका केन्द्रीय सदस्य,पार्टी सम्बद्ध जनवर्गीय संगठनका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

समाजवादी प्रेस संगठनले देशैभरिका जिल्ला,प्रदेश,क्षेत्रीय तथा उपत्यकाका भेला सकेर आउँदो फागुन ७ गते राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ,भक्तपुर र ललितपुर,मध्ये भत्तपुर र ललितपुरको जिल्ला भेला यसअघि सम्पन्न भइसकेका छन् ।

श्रमजीवी पत्रकारहरुका लागि स्थापित समाजवादी प्रेस संगठन नेपाल एकीकृत समाजवादी पार्टी निकट सञ्चारकर्मीहरुको प्रगतिशील संगठन हो ।

टिप्पणीहरू