बालुवाटारमा कार्कीलाई राखेर देउवा र प्रचण्डको छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान करिब आधा घण्टा बालुवाटारमा भेटघाट भएको हो ।
प्रधानमन्त्रीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बिहान साढे ९ बजे बालुवाटार पुग्नुभएको थियो । दुई नेताको भेटमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी हुनुहुन्थ्यो ।
भेटमा एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । जेठ ४ को चुनाव, स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन, एमसीसी अनुमोदनलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीले भोलीको क्याविनेटबाट चुनावको मिति घोषणा गर्ने तयारी गरेको भनिएका बेला प्रचण्डसँगको छलफललाई चासोका साथ् हेरिएको छ ।
टिप्पणीहरू