प्रदर्शनीमार्गमा विप्लवको चक्काजाम

प्रदर्शनीमार्गमा विप्लवको चक्काजाम

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता खारेजी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको मागसहित देशव्यापी आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चक्काजाम गरेको छ । सो पार्टीका विभिन्न भातृ संगठनहरुले आज बिहान १० बजेपछि चक्काजाम गरेका हुन् ।

भृकुटीमण्डपस्थित रत्न राज्यलक्ष्मी कलेजको गेट अगाडि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा चक्काजाम गरिएको हो । सो क्रममा प्लेकार्ड र ब्यानरसहित सहभागी झण्डै दुई दर्जन प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर !’, ‘दलाल सरकार मूर्दावाद !’, ‘सरकार फेरिए, जनजीवन फेरिएन !’, ‘जनतामारा सरकार मूर्दावाद !’, ‘दलाल संसदीय व्यवस्था– मूर्दावाद !’, ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद !’, राष्ट्रघाती एमसीसी खारेज गर !’, आयल निगमका भ्रष्टहरु मूर्दावाद !’ लेखिएका ब्यानर र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरु चक्काजाम गराउँदै हिँडेका थिए ।

टिप्पणीहरू