देउवा, प्रचण्ड र ओली आज एकै ठाउँमा हुने
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।
तीन दलका शीर्ष नेताबीच निर्वाचनको मिति घोषणा र एमसीसीका बारेमा छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू