सवारी साधनमा जोर बिजोर हट्यो, विद्यालय पनि खुल्ला

सवारी साधनमा जोर बिजोर हट्यो, विद्यालय पनि खुल्ला

आगामी आइतबारदेखि विद्यालय र विश्वविद्यालयमा अध्यापन भौतिक रुपमा हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको पछिल्लो आदेशअनुसार सवारी साधनमा लगाइएको जोर बिजोरको व्यवस्था आज मध्यरातदेखि हटाइएको छ ।

विद्यालयहरुमा आगामी फागुन १ गतेदेखि भौतिक रुपमा पठन पाठन हुने र रोकिएका परीक्षासमेत सञ्चालन गर्न सकिने भनिएको छ । तर ती सबै कार्यको लागि कोभिड प्रोटोकलबमोजिम स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्नेछ ।

खेलकुदलगायतका गतिबिधिमा कुल दर्शक क्षमताको ५० प्रतिशतभन्दा सहभागी गराउन नपाइने भनिएको छ । फागुन १ गतेदेखि रात्रीकालीन व्यवसाय राति १० बजेसम्म खोल्न पाइने भएको छ भने पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको ५० प्रतिशत वा पूर्ण खोप लगाएका एक सय जनाभन्दा बढी सहभागी नहुने गरी व्यवसाय सञ्चालन गर्न दिने भनिएको छ ।

टिप्पणीहरू