देशको हालत बिग्रिएपछि अफगान महिला फुटबल खेलाडी अष्ट्रेलियामा अभ्यासरत

देशको हालत बिग्रिएपछि अफगान महिला फुटबल खेलाडी अष्ट्रेलियामा अभ्यासरत

तालिवानले मुलुकको सत्ता कब्जामा लिएपछि देशबाट निस्किएका अफगान महिला फुटबल टोली अभ्यासमा जुटेको छ । अष्ट्रेलियाको ‘ए’ लिग टिम मेलबर्न भिक्ट्रीले टोलीलाई मैदानमा फर्कने वातावरण बनाइदिएपछि उनीहरु अभ्यासमा फर्किएका हुन् ।

दुई दशकपछि गत अगष्टमा तालिवानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएपछि महिला खेलाडीहरु आफ्नो भविश्यमाथि खतराको घण्टी बजेको देखेर अष्ट्रेलिया पुगेका थिए । उनीहरुलाई मेलबर्न भिक्ट्रीले साथ र समर्थन गरेको हो ।

अफगान टोलीले यो वर्ष भिक्टोरियाको सिनियर महिला प्रतियोगितामा सहभागिता जनाउन खोजिरहेको छ । त्यसैले उनीहरूले मेलबर्नमा आफ्नो पहिलो अभ्यास सत्र पूरा गरेका हुन् । यस वर्ष अफगान टिमले मेलबर्न भिक्ट्रीको ब्यानरमा खेल्नेछ । जसलाई क्लबले पूरा समर्थन गर्ने जनाइएको छ ।

अफगानिस्तानको महिला फुटबल टोली सन् २००७ मा स्थापना भएको हो । टिमले आफ्नो पहिलो आधिकारिक खेल सन् २०१० मा नेपालविरुध्द खेलेको र अफगानिस्तानको महिला फुटबल टोलीले सन् २०१२ मा कतारविरुद्ध पहिलो जित निकालेको हो ।

टिप्पणीहरू