स्वास्थ्य मन्त्रालयले ‘गुड प्राक्टिस’ थाल्यो

स्वास्थ्य मन्त्रालयले ‘गुड प्राक्टिस’ थाल्यो

स्वास्थ्य क्षेत्रमा सकारात्मक पहल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुड प्राक्टिस नामक अनलाइन पोर्टलको सुरुवात गरेको छ । स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्ने उद्देश्यले मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको हो ।

स्वास्थ्य क्षेत्रका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र अनुभव आदान–प्रदान गर्न सहजीकरण गर्ने उद्देश्यले उक्त पोर्टलको थालनी गरिएको मन्त्रालयले जनाएको छ । साथै, उसले अन्य सकारात्मक र रचनात्मक एवम् हाल प्रचलनमा रहेकाभन्दा फरक एवम् नवीनतम पहलका बारे आवश्यक जानकारी दिइएको खाकामा पोर्टलमा प्रविष्ट गरी सहयोग गरिदिन पनि सबै संघ, प्रदेश तथा स्थानीय सरकार तथा मातहतका निकाय, सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।

पोर्टलमा संग्रहित सामग्रीलाई विभिन्न स्रोतबाट संकलन गरि पाठकसमक्ष पुर्याइने उद्देश्य रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

टिप्पणीहरू