दुई देशका राष्ट्रपति यति टाढा बसेर के कुरा गरेका होलान् ?

दुई देशका राष्ट्रपति यति टाढा बसेर के कुरा गरेका होलान् ?

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हिजो दिउँसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट गरेका छन् । भेटमा युक्रेनमा जारी राजनीतिक संकट र त्यसले उत्पन्न गराएको युरोपको सुरक्षाबारे सबिस्तार चर्चा भएको हो ।

रुसी अधिकारीद्वारा निकै फलदायी भनिएको वार्ताका क्रममा दुई मुलुकका राष्ट्रपति निकै टाढा बसेका थिए । ‘कोरोना महामारीका कारण दूरी टाढा भए पनि मन नजिक भएको पाइयो,’क्रेमलिनका उच्च अधिकारीहरुले भनेका छन् ।

म्याक्रोनले युक्रेन समस्याको समाधान राजनीतिक तवरले खोजिनुपर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तर, युरोपको सुरक्षासम्बन्धी रुसको मुख्य चिन्तालाई संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) ले बेवास्ता गरेको रुसले आरोप लगाएको छ ।

पुटिनले नाटोको पुनः विस्तारसम्बन्धी योजनाको रुसले विरोध गरिरहने बताएका छन् । म्याक्रोनले भने युरोपको शान्ति भंग हुन नदिन सुरक्षा संयन्त्रको नयाँ मार्ग पहिल्याउन सबै पक्षलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू